माईमा सार्वजनिक सुनुवाई सम्पन्न।

विमल दहाल, इलाम
माई नगरपालिकामा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
आर्थिक बर्ष ०८२/०८३ को श्रावण -फागुन सम्ममा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम बिधिवत रुपमा आयोजना गरिएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकमा गरेका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी पालिकाले सार्वजनिक सुनुवाई  गरिएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराईले जानकारी दिनुभएको छ । माई नगरपालिकका मेयर खम्बा सिं लिम्बु जवाफदेही व्याक्तित्व एवम अध्यक्षता, जवाफदेही व्याक्तित्व उपमेयर हिमा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराई रहनु भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्षहरु हेम बहादुर लायो, बुद्धिप्रसाद खनाल र अमृत मोक्तान सहभागी रहनु भएको थियो। कार्यक्रमका सहभागीले ‌मदन भण्डारी राजमार्गको रेखाङ्कनको अन्योलताका वारे, ऐलानी जमिन नाँपजाच एवम धनिपुर्जा वितरण सम्बन्धमा, निर्माणाधीन चिस्यान केन्द्रबाट सेवा सञ्चालन अ‌न्योलताका सम्बन्धमा माई अस्पतालको ब्यबस्थापन मिलाउनु सम्बन्धमा,  विधालय शिक्षक नियुक्तिमा ढिलाई बारेमा, वन विकास कार्यक्रम सञ्चालन सम्बन्धमा, वजार अनुगमन निरन्तरता सम्बन्धी, कृषि उत्पादन र कृषकको खेति हेरचाहका सम्बन्धमा, सार्वजनिक सुनुवाईमा नियमिता तथा सहभागिता सम्बन्धमा लगायतका विषयमा नगरपालिकालाई प्रश्न, सुझाव, प्रतिक्रिया दिएका छन्।

नगरपालिका बिबिध विषयमा सहभागी नारायण प्रसाद दुलाल, दिपक पौडेल, अजय श्रेष्ठ, विना तामाङ, देवि प्रसाद नेपाल, विनोद नेम्बाङ,  खेम लिम्बु, घनश्याम पौड्याल, हरि प्रसाद पौड्याल, कृशु दुलाल, देवीराम राई लगायतले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न राख्नुभएको थियो। प्राप्त प्रश्न र सुझाबलाई मेयर खम्बा सिं लिम्बु र प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि भट्टराई, प्रशासकीय अधिकृत लक्ष्मण भुर्तेल, स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल, शिक्षा शाखा अधिकृत स्तर छैठौ युवराज खनाल, कृषि शाखा प्रमुख रुजन खड्का, लगायतले प्रतिबद्धता सहित जवाफ दिनुभएको थियो।

कार्यक्रममा माईवासी सेवाग्राही सहित ४,७ र ८ का वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शाखा प्रमुखहरु, कर्मचारी, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

बिषयगत शाखाको चौमासिक अबस्था, नागरिक अभिमत, बहिर्गमित अभिमतको प्रतिवेदन समेत प्रस्तुत गरिएको सार्वजनिक सुनुवाई माई नगरपालिकाको आयोजना र श्रीयम मिडिया प्रालि इलाम नगरपालिका वडा नम्बर-७ को समन्वय/सहजीकरणमा सम्पन्न भएको हो। कार्यक्रमको सहजिकरण पत्रकार विमल दहालले गर्नु भएको थियो ।

सबन्धित समाचारहरु