अब आदेश भएकै दिन विद्युतीय प्रणालीमा हेर्न सकिने
काठमाडौं । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीबाट प्रविष्ट गर्ने व्यवस्थाको सोमबारदेखि आरम्भ गरेको छ। अदालतले सेवा प्रवाहलाई छिटो, पारदर्शी, प्रविधिमैत्री तथा सेवाग्राहीमुखी बनाउने उद्देश्यले उक्त सेवा प्रारम्भ गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। उनका अनुसार इजलासको आदेश सोही दिन विद्युतीय माध्यममा प्रविष्ट गर्ने प्रणालीअन्तर्गत रहेको नयाँ व्यवस्थाअनुसार इजलासबाट हुने…
