२१३ औँ भानु जयन्तीमा कवि विवश वलिभद्र कोइरालालाई ‘जसुदा स्मृति पुरस्कार’
लाम/ सम्बाददाताआदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा इलाम सदरमुकाममा आयोजित विशेष समारोहमा कवि विवश वलिभद्र कोइरालालाई नगद राशिसहित “जसुदा स्मृति पुरस्कार” प्रदान गरिएको छ। भानु जयन्तीको अवसर पारेर प्रदान गरिने उक्त पुरस्कार यसअघि विभिन्न विधामा योगदान पुर्याएका आठ जना स्रष्टाहरूलाई प्रदान गरिसकिएको छ। यस वर्ष साहित्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै कोइरालालाई पुरस्कार…
