रेबिज, जुनोटिक रोग तथा AMR सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड
इलाम, माई नगरपालिका।रेबिज, सर्पदंश तथा अन्य जुनोटिक रोगहरूको जोखिम न्यूनीकरण र एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR) सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ। जनावरबाट मानिसमा सर्ने रेबिज, बर्ड फ्लु, ब्रुसेलोसिस, लेप्टोस्पाइरोसिस लगायतका जुनोटिक रोग तथा औषधिप्रति सूक्ष्मजीवहरूको प्रतिरोधी क्षमता बढ्दै जानु सार्वजनिक स्वास्थ्यका लागि चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा सचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको…
