माई नगरपालिकाको बजेट ७३ करोड ७० लाख
विमल दहाल, इलाम
माई नगरपालिका इलामको २१ औ नगरसभाको अधिवेशन आ.व. २०८३/८४ को नीति कार्यक्रम सहित रु. ७३ करोड ७० लाख ५९ हजार ६०० को बजेट प्रस्तुत गर्दै बुधबार सम्पन्न भएको छ।
नगरसभाका अध्यक्ष तथा माई नगरपालिका प्रमुख खम्वा सिं लिम्बुको सञ्चालन, अध्यक्षता एवम नीति तथा कार्यक्रम प्रस्तुत, उपमेयर हिमा भण्डारीकबाट आर्थिक बर्ष २०८३/०८४ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत र प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी भट्टराईको समन्वयमा सभा सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०८३/०८४ को लागि आय तर्फ
संघीय समानीकरण तर्फ १२ करोड १७ लाख, प्रदेश तर्फ १ करोड ८लाख गरि जम्मा १३ करोड २५ लाख, १३ हजार, राजश्व वाडफाँड संघीय १३ करोड ११ लाख ८० हजार, प्रदेशवाट ९२ लाख ५३ हजार ५६६, गरि १४ करोड ४ लाख ३३ हजार ५६६ , समपुरक अनुदान १ करोड ९९ लाख, सशर्त अनुदान २७ करोड ५ लाख ५० हजार गरि ७३ करोड ७० लाख ५९ हजार ६ सय आय अनुमान गरेको छ ।
सभामा आगामी बर्षको व्याय तर्फको प्रशासनिक सेवा प्रवाह पारिश्रमिक लगायत वडाका योजना सुशासन प्रवर्धन क्षेत्रमा १६ करोड ७८ लाख १० हजार, कृषि तथा पशुपंक्षी मत्स्य विकास कृषि प्रवर्धनका लागि १ करोड ४७ लाख, स्वास्थ्य क्षेत्र स्वास्थ्य बीमा १५ शैयाको अस्पताल लगायतका लागि २ करोड १२ लाख, शिक्षा तर्फ ५ करोड ६० लाख, उद्यम विकास कार्यक्रम सहकारी व्यवस्थापन लगायतका लागि ५० लाख ९७ हजार, भौतिक पूर्वाधार तथा सडक निर्माणका लागि वडा स्तरीय ३ करोड, नगरस्तरीय पूर्वाधार निर्माणका लागि ९ करोड ८२ लाख लगायत बिन्योजन गरिएको छ ।
सभामा बार्षिक नीति तथा कार्यक्रम अन्र्तगत चालु आर्थिक बर्ष २०८२/०८३ को आम्दानी ५२ करोड ९६ लाख ९० हजार ४ सय २८ रहेको हाल सम्म ३४ करोड १४ लाख ६० हजार २ सय ८४ रुपैयाँ अर्थात ६२ प्रतिशत खर्च भएको जानकारी गरिएको थियो । यसरी नै सभामा माई नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष देवकुमार तामाङको प्रस्तावक र वडा नम्बर २ का वडा अध्यक्ष उर्द बहादुर राई समर्थक रहेको माई नगरपालिका छात्रवृत्ति सम्बन्धी विधेयक २०८३, वडा नम्बर ८ का वडाध्यक्ष अमृत मोक्तान प्रस्तावक र वडा नम्बर १ का वडाध्यक्ष राम राई समर्थक रहेको भाइ नगरपालिका सिँचाइ विधेयक २०८३ सर्वसम्मत पारित भएको थियो।
सभामा न्यायिक समितिको प्रतिवेदन २०८३ न्यायिक समिति सदस्य शेर बहादुर बस्नेतले, अनुगमन प्रतिवेदन कार्यपालिका सदस्य राजेन्द्र राई (अर्जुन), लेखा समिति प्रतिवेदन ४ नम्बर वडा सदस्य महेन्द्र बुढाथोकी, राजस्व परामर्श समिति २०८३ को प्रतिवेदन वडा नम्बर ७ का वडा अध्यक्ष बुद्धिप्रसाद खनाल र माई नगरपालिकाको संगठन तथा व्यवस्थापन ओएनएम प्रतिवेदन कार्यपालिका सदस्य तेजकुमारी लिम्बुले प्रस्तुत गर्नुभएको थियो। सबै प्रतिबेदन तथा नीति कार्यक्रम ध्वनी मतका साथ पारित भएको मेयर लिम्बुले जानकारी दिनुभयो ।
