माईमा बजार अनुगमन टोलिको सकृयता तिब्र।
विमल दहाल, इलाम
निरन्तर वजार अनुगमनमा निस्किएको माई नगरपालिका बजार अनुगमन तथा मूल्याङ्कन समितिले अनुगमनलाई तिब्रता दिएको छ। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण तथा सचेतनाको बजार अनुगमनक्रममा निस्किएको अनुगमन टोलीले माई नगरपालिका बजार क्षेत्रभित्रका विभिन्न औषधि पसल किराना पसल खाद्य सामग्री लगायतमा अनुगमनलाई तीव्रता बनाएको हो। अनुगमनका क्रममा विगत २ बर्ष देखि सञ्चालनमा रहेको औषधी पसलको दर्ता, होडिङ्ग बोर्ड लगायत अन्य कुनै कागजातहरु नभेटिएपछी औषधी जफत गरिएको अनुमान समितले जनाएको छ।
औषधि ऐन, औषधि नियमावली, औषधि व्यवस्था विभाग द्वारा नियमन तथा अनुगमन, सम्बन्धित व्यवसाय दर्ता, इजाजतपत्र (लाइसेन्स), औषधिको भण्डारण तथा बिक्रीसम्बन्धी मापदण्ड पालना भए नभएको जानकारी अनुगमन समितिले जानकारी लिएको थियो । त्यस्तै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१, स्थानीय तहबाट व्यवसाय दर्ता तथा नवीकरण गर्नुपर्ने व्यवस्था लागूको अबस्था बारेमा जानकारी लिएको थियो।
अनुगमनका क्रममा खाध्य बस्तु तथा जङ्गफुडमा मुल्य सुची, एकै पसलबाट बिना इजाजत धेरै प्रकृतिका सामाग्री विक्री वितरण, होडिङ्ग बोर्ड नरहेको भेटिएको अनुगमन समितिले बताएको छ। बजार अनुगमन तथा मूल्याङ्कनमा अनुगमन समिति संयोजक एवम नगर उपप्रमुख हिमा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराई, प्रशासकीय अधिकृत द्वय लक्ष्मण भुर्तेल र नवराज खत्री, जनस्वास्थ्य निरीक्षक पुष्कर कट्टेल, स्वास्थ्य शाखाका सिर्जना मिश्र, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार विमल दहाल लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
