लान्छना र भेदभाव सम्बन्धी जनचेतना कार्यक्रममा माईमा सम्पन्न।
विमल दहाल/इलाम
एच.आइ.भी./ एड्समा आधारित लान्छना तथा भेदभाव सम्बन्धी जनचेतनामूलक कार्यक्रम माई नगरपालिकाका चार स्थानमा सम्पन्न भएका छ ।
इलाम पोजेटिभ ग्रुप इलामको आयोजना र माई नगरपालिका इलामको सहयोगमा सम्पन्न सचेतना कार्यक्रमलाई प्रमुख अतिथि माई नगरपालिका मेयर खम्बा सिं लिम्बुले रोग लाग्नु ठूलो कुरा होइन भन्नुहुदै यसलाई रोकथाम गर्न सकिने हुँदा आफू पनि बच्नु पर्छ र अरुलाई पनि बचाउनुपर्छ भनी लान्छना तथा भेदभाव गर्नु नहुने बताउनुभयो। नगर प्रमुख लिम्बुले एच.आइ.भी. पोजेटिभ विभिन्न माध्यमबाट सर्न सक्ने बताउनुहुँदै लान्छना तथा भेदभाव कसैले कसैलाई गर्न नहुने बताउनुभयो। मेयर लिम्बुले आयोजकद्वरा सञ्चालित कार्यक्रमनै स्वास्थ्य जीवनको आधार रहेको बताउनु भएको छ। वहाँले यस प्रकारका जनचेतनामूलक कार्यक्रमलाई माई नगरले फेरि पनि सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो।
इलाम पोजेटिभ ग्रुपका अध्यक्ष भुमा देवि खड्काको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रम माई नगरपालिकाको सभाहल, कन्काई माध्यमिक विद्यालय माई-२ सितली, लक्ष्मी आदर्श माध्यमिक विद्यालय माई-८ बिष्णेटार र विरेन्द्र माध्यमिक विद्यालय माई-७ कप्परसुक्कामा सम्पन्न भएको थियो। माध्यमिक तह स्तरीय बिधार्थीहरुको सहभागिता रहेको सचेतना कार्यक्रमलाई राधेश्याम यादव, डिल्ली नेपाल, कृष्ण गुरुङ र सरस्वती किसानको सहजीकरणमा सम्पन्न भएको थियो।
