इलाम-झापा फास्ट ट्र्याकको ठेक्का तोडिने
पटक–पटक म्याद थप्दा पनि निर्माण प्रगति चित्तबुझ्दो गतिमा अघि नबढेपछि केचना कञ्चनजंघा सडकअन्तर्गत (इलाम–झापा फास्ट ट्र्याक)को ठेक्का तोडिने भएको छ। इलाम भ्रमणमा आएका संघीय सरकारका पूर्वाधार विकास मन्त्री सुनील लम्सालले यो सडकको बेलासे–राकसे–गोलाखर्क भञ्ज्याङ खण्डको ठेक्का तोड्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका छन्। साढे ९ किलोमिटरको यो ठेक्काको काम ज्यादै सुस्त भएपछि ठेक्का तोड्न…
